Logo

दुई जना डिआइजीमा कोरोना



काठमाडौं, भदौ १ । नेपाल प्रहरीका प्राविधिकतर्फका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

गत बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएकामा दुवै डिआइजीमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । हाल दुवै जनाको सोही अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारसम्म प्रधान कार्यालयभित्र मात्रै १ सय ५५ जनामा संक्रमण देखिएको छ भने प्रधान कार्यालयबाहेक काठमाडौं उपत्यकाका अन्य स्थानमा ३० जना प्रहरीहरूमा संक्रमण पुष्टि भइसकेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्