Logo

कान्तिपुर टेलिभिजमा कर्मचारीको हंगामा



काठमाडौं, भदौ २ । व्यवस्थापनको नाममा रोजगारीबाट हटाएको भन्दै कान्तिपुर टेलिभिजनविरुद्ध कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कान्तिपुर टेलिभिजन कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै अन्यायपूर्ण ढंगले जागिरबाट निकाल्ने निर्णय २४ घण्टाभित्र फिर्ता लिन चेतावनी दिएको छ ।

फिर्ता नलिए बाध्यात्मक आन्दोलनका कारण सिर्जना हुनसक्ने घटना र परिणामबारे व्यवस्थापन आफैं जिम्मेवार हुने संघले चेतावनी दिएको छ ।

हाल कोरोना भाइरसको महामारीका समयमा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा व्यवस्थापनको नाममा वर्षौदेखि कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाउन खोजेको संघले आरोप लगाएको छ ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई एचआर प्रमुख र स्टेसन म्यानेजरबाट धम्कीपूर्ण भाषामा रोजगारीबाट निष्काशन भएको र अरु कर्मचारीलाई पनि भेदभावपूर्ण रुपमा नामावली तयारगरी रोजगारीबाट हटाउने भन्दै मौखिक जानकारी गराइएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्