Logo

आज कुशे औंसी, पशुपति क्षेत्रको बाग्मतीमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ३ भदौ । आज भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाईँदैछ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ ।

दिवंगतहरुलाई पितृ तर्पण (पिण्ड सेलाउने) दिन पशुपति क्षेत्रको बागमति नदीमा देखिएका तस्विरहरु :

 



प्रतिक्रिया दिनुहोस्