इलाम, ३ भदौ: पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोरोनाको सङ्कटबाट बच्न उनले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गरेका हुन् ।
इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गरेका हुन् । यो समयमा जिल्ला जान सहज नभएको भन्दै उनले सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष भाइचुङ पेमा उगेनलाई सामग्री प्रदान गरेका हुन् । उगेनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताए ।-रासस/File Photo