एजेन्सी, ८ भाद्र । भारतको विपक्षी दल कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी पदमा कायमै रहने भएकी छिन् । आज सात घन्टा लामो पार्टी बैठकले उनलाई अध्यक्षमा कायमै राख्ने निर्णय गरेका हो ।
बैठकले छ महिनाभित्र नयाँ अध्यक्ष चयन गर्ने निर्णय समेत गरेको छ । यसअघि सोनियाले नेतृत्व त्याग्ने इच्छा व्यक्त गरेकी थिइन् । तर, पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह र पूर्व रक्षमन्त्री ए के एन्थोनीजस्ता नेताहरुले सोनियाको पक्ष लिएका थिए ।
यसअघि कँग्रेस आईका २३ जना वरिष्ठ नेताहरुले अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखी पार्टीको तल्लो देखि माथिल्लो निकायसम्म व्यापक हेरफेरको प्रस्ताव लगेका थिए । कँग्रेस आईको लामो राजनीति गरेका र विगतमा मन्त्री समेत भइसकेका गुलाम नबि आजाद, आनन्द शर्मा, कपिल सिबल, मनिष तिवारी, शशि थरुर, भुपिन्द्र सिंह हुड्डा, राज बब्बरलगायतले पत्र लेखी सोनियालाई पार्टीमा व्यापक पुर्नगठनको आग्रह गरेका थिए । उनीहरुको आग्रहको सुनुवाई भएपनि सोनिया अझै केही महिना अध्यक्षमै रहनेछिन् ।-File Photo: Agency