काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गरेका छन् ।
‘कोभिड–१९ संकटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेका छन,’ मंगलबार काठमाडौंमा आयोजित कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशीयाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा बोल्दै उनले भने,‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एशीयाली राष्ट्रहरुबीच अझै बलियो सहकार्यको आवश्यक्ता छ ।’
मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिकाहरुको उचित व्यवस्था हुनेगरी बालबालिकासम्बन्धि १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणको पु¥याएको पनि जानकारी दिए । उनले एक वर्ष भित्र नेपाललाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने तयारी भईरहेको बताए ।
कोभिड–१९ र बाढि÷पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्त बनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले अनाथ तथा गरिव बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । File Photo