Logo

अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन : पुरञ्जन आचार्य



काठमाडौं, १० भदौ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब प्रधानमन्त्री बन्ने सम्भावना नै नभएको दाबी गरेका छन् । पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको लागि आज विहान गरेको कुराकानीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भनेका थिए,‘छैन । उहाँलाई केही दिँदैनन् । उहाँलाई दिईने भनेको अस्तिको सेरेमोनियलको जस्तै पार्टी अध्यक्ष हो । त्योभन्दा माथि उहाँको हैसियत नै छैन ।’

त्यस्तै, उनले विचौलिया, कमिशन एजेन्टहरूले गर्दा नेपालको प्रशासन पूरा धमिराले खाएको पनि कडा टिप्पणी गरेका छन् । उनले भने,‘हाम्रो राजनीतिक चरित्र आफन्तका साथसाथै आफन्तमा पनि पैसा दिने मात्रको छ । आफन्तले पनि पार्टीमा योगदान, देन दिएको अलिकति त्यागी, सक्षमलाई दिइँदैन, त्यहाँ आफन्तलाई पनि । आफन्तमा पनि पैसाको लेनदेन गर्न सक्नेलाई खोजेर दिईन्छ । यो देश राजनीतिज्ञ, शासक र प्रशासकले होइन, विधि, प्रक्रियाहरूले चलाउनुपर्छ । विचौलिया, कमिशन एजेन्टहरूले गर्दा नेपालको प्रशासन पूरा धमिराले खाएको छ ।’

उनले भ्रष्टाचार (करप्सन) को ज्वारभाटामाथि नेपाल बसेको पनि सुनाए । ‘अब देशको राम्रोको छिनोफानो सुप्रिम कोर्टबाट हुँदैन । यसको छिनोफानो अब अख्तियारबाट हुँदैन । यो टँडिखेल गएर गर्नुपर्छ ।’–उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्