काठमाडौं, ११ भदौ । सरकारले काठमाडौं उपत्यकामा आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि सरकारले यो कदम चालेको हो । अहिले अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर निस्किन दिईएको छैन् ।
विहान ९ बजेसम्म खाद्यान्न, फलफूललगायतका पसलहरु मात्रै खोल्न दिईएको छ । निषेधाज्ञाको आज आठौं दिन सिंहदरबार वरिपरि यस्तो देखियो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तस्विरहरु हेर्नुहोस: