Logo

शुक्रबार विहान कोरोना संक्रमित दुई जनाको मृत्यु



धरान, भदौ १२ । धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमित एक महिला र पुरुषको निधन भएको छ । मोरङको बेलबारीकी महिला र झापा दमक–३ का पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बेलबारी–५ की ५६ वर्षीया महिला र झापा दमक–३ का ८३ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्