एजेन्सी, १२ भाद्र । जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिने भएका छन् । उनले राजीनामा दिन लागेको जापानको स्थानीय मिडियामा सार्वजनिक भएको हो ।
जापानको टेलिभिजन एनएचकेले अबेको राजीनामा आउन लागेको जानकारी गराएको हो । ६५ वर्षीय प्रधानमन्त्री अबेले आफ्ना कारणले सरकारमा समस्या नआओस् भन्ने भावना दर्शाएको जनाइएको छ ।
अबे आठ दिनको अन्तरालमा दुईपटक अस्पताल गएपछि उनलाई स्वास्थ्यबारे जनतालाई स्पष्ट पार्न भनिएको थियो । उनले पत्रकार सम्मेलनमार्फत् त्यसबारे स्पष्ट पार्ने जनाएका थिए ।
जापानका लोकप्रीय प्रधानमन्त्री अबेलाई केही वर्षयता आन्द्रामा समस्या थियो । तर, पछिल्लो समय यसले निकै जटिलता थपेको बताइएको छ । सन् २०२१ सम्म प्रधानमन्त्री रहनुपर्ने अबे एक वर्ष अगावै राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।-File Photo: Agency