काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । भोलिको लागि तय भएको सचिवालय बैठकका विषयमा छलफल गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारीअनुसार अब सचिवालय बैठक भदौ १८ गते बस्ने भएको छ । file photo