काठमाडौं, भदौ १३। हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेकाले देशका अधिकासं क्षेत्रको मौसममा बदली भएको छ ।
भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिएकाले शनिबार दिउँसोसम्म देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानमान महाशाखाका अनुुसार आज प्रदेश नम्बर १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै, सुदुर पश्चिम प्रदेशकासमेत एक– दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।