राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले लकडाउन र निषेधाज्ञा गर्दा आधारभूत मानवअधिकारको सुरक्षा गर्नुपर्ने बताएका छन् । उनले जनताको दैनिक जीवनलाई सरलीकरण गर्ने व्यापक व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ पाठकसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
मानव अधिकारको कुरा गर्दाखेरि मानिसको अधिकार हनन भएको छ ?
संविधान र कानुन अनुसार लकडाउन र निषेधाज्ञा घोषणा गर्न पाईन्छ तर लकडाउन र निषेधाज्ञा घोषणा गर्दा आधारभूत मानवअधिकारको सुरक्षा गर्नुपर्छ । त्यस्ता केही घटनाहरूमा मानवअधिकारको संरक्षण भएको छैन । जनताको दैनिक जीवनलाई सरलीकरण गर्ने व्यापक व्यवस्था हुुनुपर्छ । स्वास्थ्यको विषयलाई संरक्षित गर्ने अस्पताल, औषधी उपचारलाई व्यापक गर्नुपर्छ । तोकिएको समय बिहान ७ देखि ९ तरकारी किन्न जान पाउने समय ७ देखि ९ सम्म प्रहरी प्रशासनले गर्ने व्यवहार, आत्मसम्मान मानवअधिकार सम्मत हुनुपर्छ । त्यो नदेखिएका कतिपय हाम्रो रिपोर्टहरूले पुष्टि गर्छ ।
सरकारले आजको दिनमा राम्रो काम गरेको छ ?
सरकारले कही राम्रो काम गरेको छ, कही अझै राम्रोसँग पुगेको छैन ।
के के पुगेन, कहाँ कहाँ पुगेन ? बुँदागत रूपमा भन्नुहोस त ?
बुँदागत रूपमा बताउँदा हामीले चैत्र २६ र २७ गते परराष्ट्रमन्त्रीलाई भेटेर ३ ओटा पत्रज्ञापन दिएका थियौँ जहाँ स्वास्थ्यमन्त्रीलाई हामीहरूले भनेका थियौँ, यो कोभिडको महामारी ठुलो हुनसक्छ, चैत्रमा भनेको । चाँडोभन्दा चाँडो एउटा मेकानिजम विकास गरौँ । मेकानिजम भन्नाले लकडाउन मात्रै होइन । निषेधको घोषणा मात्रै होइन । सरकारले सबैभन्दा पहिले जनतालाई सुसूचित गर्नुपर्छ । साबुन पानीले हात धुने, ५ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने मात्रै होइन । त्यो भनेको जनतालाई मनोबल उच्च बनाउने, जनतालाई सबै किसिमको जानकारी दिने, हुलका हुल मानिस सडकमा नै छन् भने यसलाई सिस्टमेटिक रूपमा मिलाउनुपथ्र्यो । सरकारसँग घोषणा गर्न सक्ने तागत भयो, घोषणालाई लागू गराउने काम लकडाउन र निषेधले गरियो तर त्यसको मेकानिजम, खाकाहरू बनाउने, डाटाहरू राख्ने, पद्धति विकास गर्ने काम भएन । त्याग, सेवाको भावना, परोपकार सरकारमा भएन ।
सहयोगको लाग तपाई बाहिर निस्कनुभएन ? तपाई घरमा बस्नुभयो ?
आयोगको सचिवलाई हामीले भनेका छौँ । एउटा बस्ने ठाउँको निर्माण गरौँ भनेर । काम गर्ने क्रममा रोग लाग्यो भने पनि म तयार छु । किनभने मेरो जीवनको आस्था के हो भने काम गर्दागर्दै मर्न पाइयोस् । म सुधार्छु आफुलाई । सामाजिक, आर्थिक, राजनीतिक र विशेषगरी स्वास्थ्य क्षेत्रका सबै डाक्टरहरू राखेर के गर्दा हुन्छ, तुरुन्तै, त्यो तयार गरौँ । यस प्रकारको मेकानिजम सुरु गरौँ ।
अस्पतालले आज उपचार गरिरहेका छैनन् । तपाई त्यहाँ पुग्नुहुन्न ?
म नागरिकलाई अपिल गर्छु । मेरो एउटा नारा छ, घर किन्न पाईन्छ, जीवनभरि, पैसा कमाईयो भने, काम फेरि फेरि खोज्न पाईयो, जीवन समाप्त भयो भने फेरि पाइँदैन । त्यसैले घर पनि छोडौँ, बिर्सिनुपर्छ, काम पनि छोडौँ, बिर्सनुपर्छ । जीवन बचाउने काममा सबैजना लागौँ ।
जनताको जीवन रक्षा गर्नुपर्छ । आजको दिनमा कोभिड-१९ ले हामी सबैलाई गाँजेको छ । विश्व नै बाँकी छैन आज । यहाँको सुझाव के छ ?
त्यसैले सबै पेशा छोडेर पहिला जनतालाई बचाऔँ ।
६ महिनामा तपाईले केही गर्नुभएन, आजको दिनमा के गर्नुहुन्छ ?
म सबैभन्दा पहिले केन्द्रिय कारागार गएको छु ।
कैदीबन्दीको अवस्था के छ ? देशभरि कति छन्, कैदीबन्दी ?
आजको दिनसम्ममा २२,८०२ कैदीबन्दी छन्, ७१ ओटा कारागारमा । यस अन्तर्गत ४९० जनाको पि.सि.आर टेस्ट भएको छ । ६४ जनाको पि.सि.आर पोजिटिभ आयो । १९ जना अस्पतालमा छन् । ४५ जना स्वस्थ भए । त्यसमध्ये ५२ जना सुरक्षाकर्मी संक्रमित थिए । जेल प्रशासनमा ७८ जनाको पि.सि.आर टेस्ट भयो । ५ जना पोजिटिभ आए । अहिले बन्दीहरूमा २ जना र अन्य मिलाएर १९ जना अस्पतालमा र बाँकी ४५ जना स्वास्थ्यलाभ भएर फर्किए । १५० जना मसँग भएको कुराकानी अनुसार केन्द्रिय कारागार, जैसिदेवलमा कैदीबन्दी ज्वरो आएको जस्तो अवस्थामा अहिले छन् ।