Logo

आज देशका अधिकांश भू–भागमा आंशिक बदलीसहित भारी बर्षाको सम्भावना



काठमाडौं, भदौ १४। मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।

साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का बर्षा भइरहेकोसमेत महाशाखाले उल्लेख गरेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, रातीसम्म प्रदेश १ को केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको आजको मौसमी खवरमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्