Logo

सुशान्त सिंहको घरमा भुत ! यसैले घर छाडेर होटल गएका थिए



एजेन्सी, १४ भाद्र । बलिउड अभिनेता सुशान्त सिंह राजपुत केही समय अगाडि आफ्नै निवासमा मृत भेटिएका थिए । उनको आत्महत्या केसलाई सीबिआइले अनुसन्धान गरिरहेको छ । सुशान्तको निधन पछि उनीसँग सम्बन्धित धेरै कुरा बाहिर आएका छन् । कुनै कुरा त यस्ता पनि छन् जुन सहजै विश्वास गर्न गाह्रो हुन्छ ।

२०१९ को नोभेम्बरबाट डिसेम्बर को अन्तिमसम्म लगभग २ महिना सम्म सुशान्त वाटरस्टोन होटलमा बसेका थिए । उक्त होटलमा रिया चक्रवर्ती आउने जाने गर्थिन । त्यतिबेला सुशान्तको उपचार चलिरहेको थियो । उनले २ महिनासम्म त्यही होटलमा बिताएका थिए जहाँ अहिले सीबिआईले अनुसन्धान गरिरहेको छ । लामो समय बस्दा को को उनलाई भेट्न आए, कसले होटलको बिल तिर्यो, कुन खातामा पैसा पठाइयो यी सबैकुरामा अनुसन्धान चलिरहेकोे छ ।

उनी होटलमा जानु भन्दा पहिले बान्द्राको कैपेरी हाइट्समा बस्दै आएका थिए । उक्त स्थान र घरमा भुत–प्रेत छ भनेर उनलाई भनिएको थियो । यसैकारण वाटरस्टोन होटलमा सरेका थिए । उनको उपचार त्यहि होटलमा भएको थियो ।

रिया र उनका परिवारले होटलमा आध्यात्मिक चिकित्साका गुरु महेश जोशीलाई लिएर आएको र उनैबाट सुशान्तको उपचार भइरहेको थियो । सम्भवत महेश जोशीसँग सीबीआईले सोधपुछ गर्न सक्छ ।

सुशान्त होटलमा बस्न गएसँगै परिवारसँग सम्बन्ध विग्रीएको थियो । वर्तमान समयमा भुत–प्रेतको कुरा गर्नु कत्तिको सान्दर्भिक छ र कसले उनलाई सुनायो ? यसको बारेमा पनि सीबीआईले अनुसन्धान गर्नु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्