काठमाडौं, भदौ १५। मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै अन्य भु-भमगमा भने आंशिक देखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै सोमबार रातीसम्म देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न।१, प्रदेश न। २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।