काठमाडौं, १५ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप एक बालिकासहित सात जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कुल मृतक संख्या दुई सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु पुष्टि भएकाहरुमध्ये पाँचजना वृद्धवृद्धा छन् । आजसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा एक सय ६९ पुरुष र ५९ महिला छन् ।
मृतकको विवरण
१. महोत्तरीका ४ वर्षीया बालिका
२. गोरखाकी ६५ वर्षीया महिला
३. रुपन्देहीकी ६८ वर्षीया महिला
४. झापाका ८६ वर्षीय पुरुष
५. रौतहटका ४० वर्षीय पुरुष
६. चितवनका ७८ वर्षीय पुरुष
७. भक्तपुरका ७७ वर्षीय पुरुष