काठमाडौं, १६ भदो । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भएका छन् । राष्ट्रिय सभामा वामदेव गौतमलाई लैजाने निर्णय कार्यान्वयन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालले दबाब दिईरहेको बेला प्रधानमन्त्री ओलीले भने खतिवडालाई नै निरन्तरता दिने तयारी गरेका छन् ।
ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने च्याप्टर क्लोज भैसकेको बताएका थिए । तर, गौतमले भने आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्न अध्यक्षद्धय ओली र दाहाललाई दबाब दिईसकेका छन् ।
वामदेवलाई राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा दाहाल, नेपाल र खनाल; प्रधानमन्त्री ओली दबाबमा
बालुवाटारनिकट स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग खतिवडालाई नै राष्ट्रपतिबाट मनोनीत गर्ने तयारी गरिसकेको बताउने गरेका छन् । र, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई नै निरन्तरता दिने भएका छन् । file photo
PHOTO SOURCE: RAJAN KAFLE