Logo

बिपी प्रतिष्ठानमा स्टाफ नर्स भर्नामा पैसाको खेल



काठमाडौं, १७ भदौ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नर्स भर्नामा पैसाको चलखेल भएको आरोप लागेको छ । लिखित परीक्षा नलिई आर्थिक चलखेलका आधारमा अन्तर्वार्ताका माध्यमबाट मात्र ५० जना नर्सलाई जागिर खुवाउन लागेको तथ्य फेला परेको छ ।

एक जर्ना नर्ससँग दुई देखि तीन लाखसम्मको डिलिङ भएको प्रतिष्ठानभित्र कै कर्मचारीको आरोप छ । उपकुलपति ज्ञानेन्द्र गिरी रजिष्ट्रार मोहनचन्द्र रेग्मीलगायतको मिलेमतोमा आर्थिक चलखेलका आधारमा स्टाफ नर्स सीधै भर्ना गर्न लागिएको रहस्य खुलेको हो । यस अगाडीका स्टाफ नर्स भर्ना गर्दा सबै परीक्षाहरु लिखित तथा मौखिक हुने गरेका थिए ।

तर अहिले भर्ना गर्नका लागि सीधै इन्टरभ्यू लिने काम भइरहेको छ । ‘४ सय ७ परीक्षार्थीमध्ये ५० जना मात्र अन्तर्वार्ताबाट छनौट गर्नु अनुचित र आर्थिक चलखेल नै हो’, प्रतिष्ठानका एक अधिकारीले भने ‘स्टाफ नर्स को जागिरको अत्यधिक माग रहेको र उक्त सेवा प्रवेश गर्न अनेकौं आर्थिक चलखेल हुने गरेको यसलाई अन्तर्वार्ता मात्रले सहज बनाएको।’, प्रतिष्ठानले लोकसेवा आयोगको नर्म्सलाइ उल्लङ्घन गरेको छ । अनुचित तवरले धरानमा परीक्षार्थीहरुसंग रकम बार्गेनिङ भैरहेको गुनासाहरु सुनिएको र एक जनालाई उतीर्ण गराए बापत दुई देखि ३ लाख मागिने गरिएको हल्ला प्रतिष्ठान भित्रबाटै चल्न थालेको छ।

उपकुलपति गिरी, रजिष्ट्रार रेग्मी, मेट्रोन उपेन्द्र यादव, नर्सिङ चिफ तारा शाह, धरानका ब्यापारी चेतन अग्रवाल लगायतले सेटिङ गरेको नाम उल्लेख नगर्ने सर्तमा एक पीडित नर्सले बताईन । प्रतिष्ठानका केही शिक्षक तथा कर्मचारीहरु भने विगतको नजिर अनुरुप लिखित सहितको अन्तर्वार्ता हुनु अत्यावश्यक रहेको भन्दै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रिय कार्यालय, इटहरीमा उजुरी दिएका छन् । उनीहरूलछानविन गरि स्टाफ नर्स छनौट परीक्षा रद्द गर्न अख्तियारसमक्ष माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्