Logo

रुसी विपक्षी नेता नाभाल्नीलाई विष दिइएको पुष्टि



एजेन्सी, १७ भाद्र । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको पुष्टि भएको छ । हाल जर्मनीमा उपचाररत उनलाई विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको हो ।

नाभाल्नीलाई नोभिचोक ग्रुपको विषय दिइएको जर्मन सरकारले जनाएको छ । सैनिक प्रयोगशालामा परीक्षण गर्दा यस्तो तथ्य पत्ता लागेको भनिएको छ । यो विषले स्नायुमा असर गर्छ । स्नायुबाट मांशपेशीमा सञ्चार हुनुपर्ने सन्देश रोकिन्छ र शरीरका धेरै भागहरु काम नलाग्ने बनाइदिन्छ ।

नाभाल्नीलाई रुसको साइबेरिया क्षेत्रबाट एयरलिफ्ट गरी जर्मनीको बर्लिन लगिएको थियो । उनको पेटमा समस्या भएपछि साइबेरियाबाट मस्कोतर्फ उडेको विमान आकस्मिक अवतरण गरिएको थियो ।

नाभाल्नीका समर्थकहरुले उनीमाथि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा विष दिएको आरोप लगाएका छन् । यसअघि सन् २०१८ मा पूर्व रुसी जासुस र उनकी छोरीलाई नोभिचोक एजेन्ट दिइएको आरोप छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्