काठमाडौं, भदौ १८ । हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावका कारण आज देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
रातीसम्म बागमती, गण्डकी, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।