काठमाडौं, १८ भदौ । भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित गर्नको लागि नाम सिफारिश गर्न बैठक बस्न लागेको हो । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राष्ट्रियसभामा वामदेव गौतमलाई लैजानुपर्नेबारे बहस चलिरहेको छ । तर, प्रधानमन्त्री ओलीले भने वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने तयारी गरेका छन् । आज अपरान्ह तीन बजे सचिवालय बैठक बस्दैछ । आजको बैठकले राष्ट्रियसभामा मनोनित सदस्यको गर्नेबारे निर्णय गर्दैछ । file photo