Logo

आज मध्यम बर्षाको सम्भावना



काठमाडौं, भदौ १९ । हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावका कारण देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बदलीरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली कायमै रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार रातीसम्म प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्