Logo

पर्सा र बारामा थप ४५ जनामा सङ्क्रमण



वीरगंज, १९ भदौ । पर्सा र बारामा थप ४५ जना कोरोना भाइरसको सङ्क्रमित भएको नारायणी अस्पताल पिसिआर प्रयोगशालाले जनाएको छ । गएराति नारायणी अस्पतालको प्रयोगशालाले जारी गरेको परीक्षण नतीजा अनुसार पर्सामा २६ र बारामा १९ जना गरी ४५ जना कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्सा र बाराका विभिन्न स्थानबाट ५८४ जनाको स्वाब पिसिआर प्रयोगशालामा परीक्षण गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र बैंकरलगायत ४५ जनामा कोरोना सङ्क्रमण भएको नारायणी अस्पतालले जनाएको छ । संक्रमितहरु १८ वर्षदेखि ४५ वर्षका छन् भने ३५ जना महिला रहेका छन् । २९ जना संक्रमितको सिटी भ्यालु २४ भन्दा तल छ भने १६ जनाको सिटी भ्यालु २५ भन्दा माथि रहेको छ ।

३८१ जना कोरोना संक्रमणमुक्त यसैगरी पर्सामा बिहीवार ३ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पर्साको विभिन्न आइसोलेसनमा उपचाररत रहेका ३ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्