Logo

कोरोना भ्याक्सिन यसरी आउँदैछ, अरबौंको बजार



काठमाडौं, १९ भाद्र । विश्व नै कोरोना भाइरसको संक्रमणले अक्रान्त छ । यसबीच भ्याक्सिन मात्र संकट समाधानको अचुक अस्त्र बन्नसक्ने आशा गरिएको छ । सँसारभर एक सय ७६ भन्दा बढी प्रकारका भ्याक्सिन विकासको चरणमा छन् । त्यसमध्ये नौ वटा अन्तिम परीक्षणको चरणमा छन् ।

मानव परीक्षणको तेस्रो चरणमा विभिन्न देशका कम्पनिले विकास गरिरहेका भ्याक्सिन अन्तिम चरणको परीक्षणका क्रममा रहेका हुन् । अन्तिम परीक्षणको चरणमा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, वुआन इन्स्टिच्युट अफ बायोलोजिकर प्रडक्ट्सको भ्याक्सिन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको भ्याक्सिन र क्यानसिनो बायोलोजिक्सको भ्याक्नि, अष्ट्रेलियाको मुरडक्ट्सको चिल्ड्रेन रिसर्च इन्स्टिच्युट, ब्रिटे र स्वीडेनको कम्पनि एस्ट्राजेनेकाको अक्सफोर्ड भ्याक्सिन, छन् ।

रुसको गेमेलिया रिसर्च इन्स्टिच्युटको स्पुतनिक भी ले तेस्रो चरणको परीक्षण गरिरहेको छ । उसले भ्याक्सिन दर्ता गरी प्रयोग गर्दैछ । अमेरिकाको मोर्डना कम्पनिको भ्याक्सिन पनि तेस्रो चरणको परीक्षणको क्रममा छ । अहिलेसम्म कुनैपनि भ्याक्सिन पूर्ण प्रयोगका लागि अनुमोदित भइसकेको छैन । तर, रुसको गेमेलिया, चिनियाँसहित तीन प्रकारका भ्याक्सिन प्रारम्भिक र निश्चित क्षेत्रहरुमा मात्र प्रयोगको अनुमोदन भएको हो ।

नौ वटा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । १४ वटा भ्याक्सिन दोस्रो चरणको परीक्षणका क्रममा छन् । २३ वटा भ्याक्सिन पहिलो चरणको परीक्षणका क्रममा छन् । यसरी ४६ वटा भ्याक्सिन मानव परीक्षणका क्रममा छन् ।

सन् २०२० भित्र विश्व बजारमा भ्याक्सिनको बजारले झण्डै ६० अर्ब डलरको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ । जुन सन् २०१४ को भन्दा झण्डै दोब्बर थियो । विश्व बजारमा भ्याक्सिनले गर्ने आय ५९ अर्ब २० करोड डलर हुने प्रक्षेपण जिअन मार्केट रिसर्चले गरेको हो । संयुक्त राज्य अमेरिकामा उत्पादिन भ्याक्सिनले मात्र १८ अर्ब डलर आर्जन गर्ने आँकलन गरिएको छ ।

विश्वमा इन्फ्लुन्जा, स्वाइन फ्लु, हेपाटाइटिस, टीबी, डिपथेरिया, इबोला र मेनिनगोकोला जस्ता रोगले बजारको आय बढाएको हो । भ्याक्सिनले शरीरमा रोगको कमजोर प्रकार प्रवेश गराइदिन्छ । जसका कारण एन्डीबडी अर्थात् रोग प्रतिरोधात्मक क्षमता शरीरले विकास गर्दछ । प्रभावकारी भ्याक्सिनले विफर, पोलियो जस्ता रोग उन्मुलन भएको छ । विश्वमा डेंगुको भ्याक्सिन पनि उत्पादन भइसकेको छ ।

भ्याक्सिनको विकास धमाधम भइरहँदा विश्वभर भ्याक्सिनविरुद्धको आवाज समेत उठ्ने गरेको छ । यद्यपि, भ्याक्सिनको विकास र प्रयोग बढेको छ । सन् २०२४ भित्र उत्तर अमेरिकाको भ्याक्सिन बजारको हिस्सा २४ अर्ब डलर हुने अनुमान गरिएको छ । युरोपको १६.३ अर्ब र एशियाको १२.८ अर्ब डलर हिस्सा रहने अनुमान छ ।

कोरोना भाइरसको संक्रमणका कारण भ्याक्सिनको बजार ह्वात्तै बढ्ने प्रक्षेपण गरिएको छ । विश्वभर एक सय ६० भन्दा बढी प्रकारका भ्याक्सिन विकासको क्रममा छ । जसमध्ये १९ वटा भ्याक्सिन पहिलो देखि तेस्रो चरणको परीक्षणका क्रममा छन् । विश्वभर यति ठुलो संख्यामा भ्याक्सिन बनिरहँदा कतिपय देशहरुले कम्पनिहरुसँग सम्झौता समेत गरिसकेका छन् । भ्याक्सिन प्रभावकारी र उपयोगी भएमा प्रयोग गर्ने गरी सम्झौता गरेका हुन् । यसबाट कम्पनिहरुले करोडौं डलर आम्दानी गर्ने प्रक्षेपण छ । यसबाट अरबौं डलरको आयआर्जन हुने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्