काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट अर्थमन्त्रीबाट विदा हुन लागेका डा. युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका छन् । राष्ट्रियसभा सदस्यको लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय भएसँगै अहिले जारी मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्दै छ ।
राजीनामा दिदै अर्थमन्त्री खतिवडा, आर्थिक सल्लाहकारमा नियुक्तिको सम्भावना
अर्थमन्त्रालय आफैसँग राखेर खतिवडामार्फत चलाउने प्रधानमन्त्री ओलीको तयारी
गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुनेछन् । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् । खतिवडा ‘डि-फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे अहिले गाँईगुँई चलेको छ। Photo Source: Surya Thapa