एजेन्सी, १९ भाद्र । इटालीका पूर्व प्रधानमन्त्री सिल्भिओ बुर्लुस्कुनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ८३ वर्षीय बुर्लुस्कुनी कोरोना संक्रमणसँगै निमोनियाका कारण अस्पताल भर्ना भएका छन् ।
उनीसहित उनकी ३० वर्षीया पार्टनर मार्टा फासिना र दुई सन्तान पनि संक्रमित भएका छन् । उनी सान राफेल अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
बुर्लुस्कुनी अर्बपति मिडिया टाइकुन हुन् । उनी चारपटक इटालीका प्रधानमन्त्री भएका थिए ।-Photo Source: Agency