काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्ने बताएका छन् । उक्त माग राप्रपाले बारम्वार उठाउंदै आएको पनि उनले स्मरण गराएका छन् । यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक भएको पनि उनको भनाई छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्,‘सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्छ भन्ने माग राप्रपाले बारम्वार उठाउंदै आएको छ । यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक छ । यस सम्बन्धमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजाल’को प्रयास प्रशंसनीय छ । प्रम @kpsharmaoli बाट सकारात्मक निर्णयको अपेक्षा गर्दछु।”
सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्छ भन्ने माग राप्रपाले बारम्वार उठाउंदै आएको छ
यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक छ
यस सम्बन्धमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजाल’को प्रयास प्रशंसनीय छ
प्रम @kpsharmaoli बाट सकारात्मक निर्णयको अपेक्षा गर्दछु pic.twitter.com/TKr6AVt4i7— Kamal Thapa (@KTnepal) September 5, 2020