२१ भदौ। गोरखा अस्पतालमा उपचारक्रममा हिजो मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ती महिलालाई हिजो अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
मस्तिष्कघात भएको उनको उपचारकै क्रममा मृत्यु भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आज आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको पाइएको अस्पतालका सूचना अधिकारी ढकालले बताएका छन् ।-रेडियो एनआरएन/File photo