Logo

पर्सा र बारामा २६ जना कोरोना संक्रमित पुष्टि



वीरगंज, २१ भदौ । पर्साका २४ र बाराका २ जना गरी वीरगंजमा २६ जना कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंज पिसिआर प्रयोगशालाले जनाएको छ । अबेर राति प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्ट अनुसार शनिवार गरिएको ५१० परीक्षणमा पर्सा र बाराका ५ महिलासहित २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए ।

संक्रमितहरु १६ वर्षदेखि ६४ वर्षका उमेरका रहेका छन् । संक्रमितमध्ये तीनजना २४ सिटी भ्यालुभन्दा माथि छन् भने २३ जना २४ सिटी भ्यालुभन्दा कम रहेको नारायणी अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्