काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ९ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ महिला र ७ पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।
आज मृत्यु भएकासँगै देशमा कुल मृतक संख्या २ सय ८९ पुगेको छ । देशभर दुई सय १० पुरुष र ७९ महिलाको मृत्यु भइसकेको छ ।
देशका मुख्य शहरहरुमा निषेधाज्ञा जारी गरेपनि संक्रमित र मृत्यु हुनेको संख्या थपिने क्रम जारी छ । कोरोना भाइरसको जोखिम झन् बढ्दै गएको छ ।
मृतकको विवरण
१. मोरङकी ६४ वर्षीया महिला
२. झापाकी ४५ वर्षीया महिला
३. मोरङका ४५ वर्षीय पुरुष
४. पर्साका ७७ वर्षीय पुरुष
५. धनुषाका ३५ वर्षीय पुरुष
६. काठमाडौंका ७४ वर्षीय पुरुष
७. काठमाडौंका ६८ वर्षीय पुरुष
८. काठमाडौंका ८५ वर्षीय पुरुष
९. चितवनका ७० वर्षीय पुरुष