Logo

सरकारले जग्गाको कित्ताकाट खुलायो



काठमाडौं, २२ भाद्र । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो ।

१८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो ।

विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।

कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सरकारले कोरोना कहरमा आर्थिक संकटको समस्या केही हदमा समाधान गर्ने नीति समेत बनाइएको हुनसक्ने कतिपयको विश्लेषण रहेको छ ।-Photo Source: Mukunda Kalikote 



प्रतिक्रिया दिनुहोस्