Logo

भोलिबाट एक साता उपत्यकाभित्र के गर्न पाइने के गर्न नपाइने (सुचीसहित)



काठमाडौं, २४ भाद्र । काठमाडौं उपत्यकामा सरकारले लगाएको निषेधाज्ञा अन्त गर्दै कोरोना भाइरसको रोकथामका लागि नयाँ कदम सार्वजनिक गरेको छ । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सुचना जारी गरी गर्न पाइने र नपाइने गतिविधिहरुबारे आदेश जारी गरेका छन् ।

२१ दिन लामो निषेधाज्ञा अन्त भएपनि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न निषेध गरिएको छ । जात्रा, महोत्वस, भोजभेर संचालन गर्न गराउन पाइनेछैन ।

धार्मिक कार्यमा दैनिक नित्य पूजाबोहकका गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन । चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा समाजिक कार्य गर्नका लागि जमघट गर्न, शैक्षिक संस्थाहरु सञ्चालन गर्न निषेध गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ । ट्याक्सीमा ३ जना राख्न पाइनेछ । निजी सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक वस्तु वा सेवाको पसल तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । ढुवानीका लागि प्रयोग हुने साधन २ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सपिङ मल, कपडा, जुत्ता पसल साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाडा र भान्याजन्य सामानका पसलहरु आइतबाट मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटो मोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ ।-Photo: Mukunda Kalikote 



प्रतिक्रिया दिनुहोस्