Logo

ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउन सक्ने



एजेन्सी, २५ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउन सक्ने सम्भावना देखिएको छ । ट्रम्प सन् २०२१ को नोबेल शान्ति पुरस्कारको मुख्य दाबेदार देखिएसँगै उक्त सम्भावना बढेको हो ।

फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् । उनले इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौतामा मध्यस्थताको भुमिका निभाएर उक्त सुचीमा परेका हुन् ।

मनोनयनमा परेकामध्ये ट्रम्पको उक्त कदमलाई महत्वपूर्ण मानिएको छ । नोबल कमिटीले पनि उनको योगदानलाई विशेष मानेको बुझिएको छ । नोबल कमिटिीलाई पत्र लेख्दै नर्वेका सांसद टिबरिङ जेडेलले ट्रम्पले इजरालय र युइएबीचको शान्ति सम्झौामा महत्वपूर्ण भुमिका निभाएको उल्लेख गरेका छन् ।

विगतमा पनि ट्रम्प मनोनयनमा परेका थिए । तर, उनले पुरस्कार पाएनन् । उत्तर कोरियासँग महत्वपूर्ण शान्ति वार्तामा पनि ट्रम्पको विशेष भुमिका थियो । तर, उक्त वर्ष ट्रम्पले पुरस्कार पाएनन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्