काठमाडौं, भदौ २६ । नेपालको भारत सीमाक्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ९ बजेर ३० मिनेट जाँदा देशको पूर्वी क्षेत्रमा पाँच म्याग्निच्युडको भूकम्प गएको छ।
केहि सेकेन्डसम्मको भुकम्पको धक्का झापा, इलाम, पाँचथर लगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ ।