Logo

निषेधाज्ञामा अभावका कारण आत्महत्या गरेका माझीको परिवारलाई खाद्यान्न सहयोग



वीरगंज, २८ भदौ । निषेधाज्ञामा रोजगारविहीन भएपछि आत्महत्या गरेका सतन माझीका परिवारलाई सामाजिक कार्यकर्ताहरुले खाद्यान्न सहयोग गरेको छ । वीरगंज महानगर–३१ बेलवाका स्व सतन माझीका पत्नी रविता देवीलाई सामाजिक कार्यकर्ता प्रकाश थारु, प्रेम घिमिरेललगायतले ९० किलो चामल, ३ किलो दाल, नून, साबुन सहयोग गरेका हुन् ।

माझीको घरमा आमा, पत्नी र दुईजना ससाना छोराछोरी छन् । माझीले आत्महत्या गरेपछि अहिले उनीहरुलाई हातमुख जोर्न पनि समस्या भएको छ।



प्रतिक्रिया दिनुहोस्