काठमाडौं, २९ भाद्र । सरकारले ५ असोजबाट लागु हुने गरी सबै किसिमका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै महिनौं देखि बन्द गरिएको दुवै सेवाहरु सुचारु गर्ने निर्णय आज बसेको मन्त्रिपरिषदले गरेको हो ।
सरकारका एक मन्त्रीका अनुसार सार्वजनिक यातायात र हवाई सेवा सञ्चालनका लागि मापदण्ड भने तोकिनेछ । निश्चित मापदण्ड तोकी दुवै सेवा सुचारु गरिनेछ ।
दशैंलाई दृष्टिगत गरी सरकारले यातायात र हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । योसँगै जनजीवन केही सामान्य अवस्थामा फर्कने आशा गरिएको छ ।-File Photo