Logo

रूसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्य सुधार उन्मुख



३० भदौ । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको छ ।

उनको उपचार गरिरहेको बर्लिनस्थित अस्पतालका अनुसार उनले सोमबार अस्पतालको शैयाबाट उठेर छोटो समय हिडेका छन् ।

अस्पतालद्वारा नाभाल्नीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी विज्ञप्तिमा भनिएको छ, “विरामी (नाभाल्नी)लाई मेकानिकल भेन्टिलेसनबाट छुट्टाइएको छ । उनी अहिले हात गोडा चलाउने अभ्यास गर्न थालेका छन् । साथै सोमबार अस्पतालको शैयाबाट उठेर छोटो समय हिडडुल गरेका छन् ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नी चियामा रसायन मिसाएर दिएपछि बेहोस भएका उनका प्रवक्ता तथा पारिवारिक स्रोतले दावी गर्दै आएको छ । नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।

जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व (नोभिचोक) मिसाएर दिइएको जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्