कैलाली, असोज १ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय बढिले कोरोना जितेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७१ जना, डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९१ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।
त्यस्तै, बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ७६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।