Logo

डेढ महिनापछि कोइरालाले लिए शपथ



काठमाडौं, असोज १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा शपथ लिएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको झन्डै ४० दिनपछि बुधबार कोइरालाले शपथ लिएका हुन् ।

निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब डेढ महिनासम्म बैंकले कोइरालालाई अध्यक्ष बनाउन नसकेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्