काठमाडौं, असोज १७ । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले मुलुक पुनः लोडसेडिङको मारमा नपर्ने दाबी गरेका छन्। पुराना तथा कम क्षमताका विद्युतीय संरचना भएकाले प्राविधिक गडबढीले बत्ती जान सक्ने भए पनि लोडसेडिङको तालिका निकाल्ने स्थिति नदोहोरिने उनले स्पष्ट पारे।
‘बत्ती निभ्नुको कुनै विशेष कारण छैन। झरीका कारण केही ठाउँमा बत्ती जाने गरेको थियो भने कतै लाइन मेन्टिेनेन्स गर्नुपर्ने भएकाले डिस्टर्ब भएको हो। केही फिडरमा समस्या देखिएकाले पनि समस्या भएको हो। अहिले मर्मतसम्भार भएको छ। अब बत्ति जाँदैन’, निमित्त कार्यकारी निर्देशक भन्छन्।
प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनपछि लोडसेडिङ खेप्नुपर्ने होकि भन्ने डर पैदा भइरहेको छ। पहिला लोडसेडिङ बिजुली उत्पादन नै नभएर हुने गरेकोमा अहिले आन्तरिक उत्पादन बढिरहेकाले पनि लोडसेडिङ नहुने उनको तर्क रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।