Logo

गोदामबाट छापा मारी ठूलो परिमाणमा केराउ बरामद



वीरगंज, १७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले अवैध रूपमा भण्डारण गरिएको सवा तीन लाख मूल्य बराबरको केराउ छापामारी गरी बरामद गरेको छ । शुक्रवार वीरगंज महानगर–१६ स्थित एउटा घरमा भण्डारण गरिराखेको ६५ सय बोरा केराउ ९प्रतिबोरा ५० किलो० प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद केराउ राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ । राजस्व छलेर केराउ भण्डारण गरिराखेको सूचनाको आधारमा प्रहरीले सो ठाउमा छापामारी गरेको थियो । उक्त केराउ ललितपुर म।न।पा। वडा नं। ०३ बस्ने वेदान्त जंग राणाको रहेको प्रहरीले जनाएको छ । राणाले प्रिज्म एग्रो कमोडिटिज ट्रेडिंग फर्मको नाममा केराउ भण्डारण गरी वीरगंज–१६ स्थित घर भाडामा लिई भण्डारण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्