काठमाडौं, १७ असोज । प्रधानमन्त्रीको सरकारी निवासमा कार्यरत सल्लाहकार, कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा र फोटोग्राफर राजन काफ्लेले सामाजिक सञ्जाल मार्फ्त कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनीहरुले आफूहरु संक्रमित भएकाले सम्पर्कमा आएकाले शतर्क रहन र परीक्षण गर्न आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । तर, उनलाई स्वास्थ्य शतर्कता अपनाउन भनिएको बुझिएको छ ।
यसैगरी, बालुवाटारमा टेष्ट गर्दा ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विश्वस्त स्रोतका नुसाल बालुवाटारमा कार्यरत कुल ७६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये सल्लाहकार, सुरक्षाकर्मी, चालक र कर्मचारीहरु छन् ।-फाइल तस्वीर