Logo

अनसनरत डाक्टर गोविन्द केसीलाई अक्सिजन दिन थालियो



काठमाडौं, १८ असोज । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ । २१ औं दिनको अनसनमा रहेका उनलाई सास फेर्न कठिन भएपछि अक्सिजन दिन थालिएका छ ।

केसीका सहयोगीका अनुसार उनलाई छातीमा अत्याधिक पीडा महसुस भएको छ । शरीरमा अक्सिजनको मात्रा घटेसँगै अवस्था गम्भीर भएको हो ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत केसीको यो १९ औं पटकको अनसन हो । जुम्लाबाट अनसन शुरु गरेका उनलाई काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्