Logo

‘दुवै मिर्गौला फेल भएकी धादिङकी कला गिरीको उपचारमा सहयोगको लागि अपिल’ (भिडिओसहित)



काठमाडौं, १८ असोज । दुवै मिर्गौला फेल भएकी धादिङ धुनीवेशी नगरपालिका –१ स्थायी घर भएकी कला गिरीको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर गिरीका श्रीमान राजकुमार गिरीले यस्तो आग्रह गरेका हुन् ।

३६ वर्षीया कला गिरीको दुवै मिर्गौलाले काम गर्दैन् । हाल, उनले काठमाडौंको वीर अस्पतालमा साताको दुई दिन डायलाईसिस गराईरहेकी छिन् । डायलाईसिस निःशुल्क गरिएपनि औषधी र परीक्षणको लागि हप्तामा झण्डै पन्ध्र हजार लाग्ने गरेको छ । पीडित गिरीका श्रीमान राजुकमारका अनुसार मासिक ६० हजार रुपैयाँ उपचारमा खर्च भैरहेको छ । कलाको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा दुई महिना राखेर उपचार गर्दा साँढे दुई लाख रुपैयाँ सकिएको र मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुमा एक महिना राखेर उपचार गर्दा करिब एक लाख सकिएको जनाईएको छ । तीन वर्षको यो अवधिमा २५ लाख जति रकम सकिएको श्रीमान राजकुमारले जनाए ।

गिरीले श्रीमतीको उपचारमा सहयोग गरिदिन मनकारी मनहरुलाई आग्रह गरेका छन् । गिरीको उपचारमा सहयोग गर्नको लगि मुक्तिनाथ विकास बैंकमा रहेको खाता नम्बर ०४०२१०००३५६३०६०००००१ को खातामा जम्मा गर्न सकिने जनाईएको छ । कला मधुमेहको विरामी पनि हुन् । मिर्गौलाबाहेक मधुमेहको औषोपचारमा मासिक दश हजार खर्च भैरहेको पनि श्रीमान राजकुमारले जनाए । राजकुमार पेशाले राहत शिक्षक हुन् ।

 

कार्यक्रममा राजकुमारका साथीसमेत रहेका समाजसेवी सुन्दर हमालले कला गिरीको उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । हमालकै पहलमा अहिले विदेशबाट उनका साथीहरुले केही आर्थिक सहयोग गरिसकेका छन् । गिरी दम्पत्तिका दुई छोरी र एक छोरा छन् । राजकुमारले आफूले जग्गा बेचेरपनि कलाको सकेको उपचार गरेको र अहिले नसक्ने अवस्था आएकोले नै सहयोगको अपिल गर्दै मिडियामा आएको स्पष्ट पारे ।

(नोटः कलाका श्रीमान राजकुमार गिरीको मोवाईल नम्बर : ९८४१–०३६३२९ रहेको छ। उहाँलाई यस नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।)



प्रतिक्रिया दिनुहोस्