Logo

विश्व नम्बर २ हेलेप फ्रेन्च ओपनबाट बाहिरिइन्



एजेन्सी, १८ असोज । विश्व नम्बर २ सिमोना हेलेप फ्रेन्च ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएकी छिन् । उनी पोल्यान्डकी किशोरी इगा स्वीआटेकसँग ६८ मिनेटमै पराजित भएकी थिइन् ।

दुई पटककी ग्रान्ड स्लाम विजेता हेलेप शुरु देखिनै दबाबमा परेकी थिइन् । उनले ६-१ र ६-२ ले खेल गुमाइन् ।

स्वीआटेकले इटालीकी मार्टिना ट्रेभिसानँग खेल्नेछिन् । मार्टिना पनि कवालिफाइअर हुन् ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्