Logo

रीया चक्रवर्तीे जेलबाट छुट्दै



एजेन्सी, २१ असोज । बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी नायिका रीया चक्रवर्ती आज जेलबाट रिहा हुँदैछिन् । लागुऔषध मुद्दामा पक्राउ परेकी चक्रवर्तीलाई बम्बई उच्च अदालतले सशर्त धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रीयाले भारत छाड्न पाउने छैनन् । उनले दश दिनमा नजिकको प्रहरी चौकीमा उपस्थिति जनाउनुपर्नेछ । ८ सेप्टेम्बरमा लागूऔषध ब्युरो एनसीबीले रीयालाई न्यायिक हिरासतमा राखेकोे थियो । रिया आज साझसम्म जेलबाट निक्लन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारी अनुसार रीयालाई लाख रुपैयाँ धरौटी लिएर व्यक्तिगत मुचुल्कामा रिहा गर्ने आदेश दिएको हो । रियाका वकिल मानशिंदेले पुरानो पृष्ठभुमि र अन्य आधारमा जमान माग गरेका थिए । जसलाई अदालतले स्विकार गरेको छ ।
अदालतले जमानतको लागि रियाको पासर्पोट बुझाउनुपर्ने भनेको छ । रीया एक महिनादेखि बाइकुला जेलमा थिइन् ।



प्रतिक्रिया दिनुहोस्