विराटनगर, असोज २२ । कोरोना महामारीका कारण नेपाल विद्युत् प्राधिकरणको बक्यौता गत वर्षको तुलनामा दोब्बर पुुगेको छ । विद्युत् प्राधिकरणको प्रदेश १ कार्यालयले गत वर्ष यही समय २ करोड ३ लाख महसुल बक्यौता रहेको थियो भने यसपटक ४ करोड ९६ लाख पुुगेको छ ।
महामारीका कारण अघिल्लो आर्थिक वर्षको सुरुको दुई महिनामा रहेको बक्यौता यस आर्थिक वर्षको सोही अवधिमा दोब्बर बढी पुगेको हो । अघिल्लो वर्ष २ करोड ३ लाख महसुल बक्यौता रहेको कार्यालयमा यस आर्थिक वर्ष साउन र भदौमा ४ करोड ९६ लाख बक्यौता पुगेको हो ।
विद्युत् प्रतिकरणको प्रदेश १ मा २४ वटा वितरण केन्द्र रहेका छन् । ती वितरण केन्द्रबाट यस आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ८५ करोड ७९ लाख मूल्य बराबरको विद्युत् खपत हुँदा ३ अर्ब ८० करोड ८२ लाख मात्र संकलन भएको विद्युत् प्राधिकरण प्रदेश १ कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा ३ अर्ब ७३ करोड ५८ लाखको विद्युत् खपत हुँदा ३ अर्व ७१ करोड ५५ लाख महसुल संकलन भएको थियो । कार्यालयले आर्थिक वर्ष ०७६र७७ को फागुन महिनामा ९० प्रतिशत महसुल संकलन गरेको थियो । चैतमा कोभिड– १९ संक्रमणका कारण बन्दाबन्दी भएसँगै संकलन घटेर ३९ प्रतिशतमा पुगेको प्राधिकरण प्रदेश १ कार्यालयका लेखा प्रमुख साधव भण्डारीले जानकारी दिए ।
कार्यालयमा जेठमा ७७ प्रतिशत संकलन भएकामा असारमा १२१ प्रतिशत महसुल संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७७र७८ को पहिलो पहिना साउनमा भने घटेर ९० प्रतिशतमा पुगेको थियो ।
बन्दाबन्दीअघि विद्युत् लाइन काटनेलगायतका काम भइरहेकाले महसुल संकलन राम्रो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।