Logo

विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार



काठमाडौं, २३ असोज । नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसघीय विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा भएको छ । आज नोबेल पुरस्कार दिने नर्वेली नोबेल कमिटीले विश्व खाद्य कार्यक्रमलाई भोकमरीविरुद्धको योगदानका लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको जनाएको हो ।

नोबेल शान्ति पुरस्कारको राशी ११ लाख डलर रहेको छ । नोबेल कमिटीले विश्व खाद्य कार्यक्रम युद्ध र द्वन्द्वमा भोकमरीलाई हतियारका रुपमा प्रयोग गर्ने कार्यलाई रोक्न योगदान दिदै आएको उल्लेख गरिएको छ । विश्व खाद्य कार्यक्रमले पुरस्कार घोषणा भएपछि यसलाई गर्वको विषय भनेको छ ।

विश्व खाद्य कार्यक्रमले विश्वका ८८ देशका झण्डै १० करोड मानिसलाई प्रत्येक वर्ष सघाउँदै आएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्