Logo

फ्रेन्च ओपन टेनिसको फाइनलमा जोकोभिक र नाडाल भिड्ने



एजेन्सी, २४ असोज । फ्रेन्च ओपनको फाइनलमा नोभाका जोकोभिक र राफेल नाडाल भिड्ने भएका छन् । दुवै खेलाडीमध्ये जसले जितेपनि इतिहास रच्नेतर्फ महत्वपूर्ण पाइला हुनेछ ।

स्पेनका नाडालले अर्जेन्टिनी डियगो स्वारज्म्यानलाई ६-३, ६-३ र ७-६ को सोझो सेटमा पराजित गरेका हुन् । खेलको अन्ततिर डियगोले कडा चुनौती दिएपनि सफल हुन सकेनन् ।

यसैगरी सर्वियाका जोकोभिकले ग्रीसका टिस्टिपासलाई निकै प्रतिष्पर्धात्मक खेलमा पराजित गरे । उनले ६-३ ६-२ ५-७ ४-६ र ६-१ मा खेल जिते । ३३ वर्षीय सर्वले २२ वर्षीय ग्रीकलाई हराएर १८ औं ग्रान्डस्लाम जित्ने प्रयासमा छन् ।

नाडालले जितेमा उनले स्वीस रोजर फडेररको २० औं ग्रान्ड स्लामको बराबरी गर्नेछन् । जोकोभिक जितेमा उनी पनि इतिहास रच्ने एक पाइला नजिक पुग्नेछन् ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्